सविन तामाङ र रोहित क्षेत्री प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
नेपालका नम्बर एक खेलाडी वाङचू तामाङ भने सेमिफाइनलमा पराजित भएपछि फाइनल पुग्न असफल रहे ।
काठमाडौं खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताअन्तर्गत बिहिबार भएको सेमिफाइनलअन्तर्गत बेस्ट अफ नाइन खेलमा सविन तामाङले वाङचूलाई निर्णायक सेटमा ५–४ ले स्तब्ध पारे ।
सविनले शनिबार रोहित क्षेत्रीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । बिहिबारै भएको पहिलो सेमिफाइनलमा रोहितले राजन गुरुङलाई ५–२ ले पराजित गर्दै फाइनल पुगेका हुन् ।










