साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ को विन्दुमा पुगेको छ।

आज ३३४ कम्पनीका १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका नौ उपसूचकहरू राताम्मै भएका छन्।

सेयर बजारमा गिरावट आउँदा अपर लोहरेखोला हाइड्रोपावरको सेयर सर्वाधिक ६.९३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर