प्रदर्शन तयारीमा रहेको फिल्म ‘पार्वती’को गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।

गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने अशोक दर्जीले स्वर दिएका छन्।

गीतको भिडियोमा नीता ढुंगाना र अशोक दर्जीलाई प्रस्तुत गरिएको छ। कारूणिक भावमा आधारित गीतले दिदी-भाइबीचको स्नेह र आत्मीयतालाई चित्रण गरेको छ। गीत रक्षाबन्धनको सन्दर्भसँग जोडिएको छ।

नीता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’मा उनी स्वयं र अशोक दर्जी मुख्य भूमिकामा छन्। साथै दीपाश्री निरौला, सिरू विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, राधिका कँडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारहरूको अभिनय छ।

फिल्ममा कथा नीता ढुंगानाले लेखेकी हुन् भने स्क्रिप्ट शिवम् अधिकारीको रहेको छ। सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र साहिल खानको सम्पादन रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन्। कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे छन्।

फिल्म ‘पार्वती’ भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर