साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से ०.७९ अंकले बढेर २६५४.८५ विन्दुमा पुगेको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०३ प्रतिशतको वृद्धि हो।

आज कुल ३४० कम्पनीको कुल ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस क्रममा ९५ लाख ३४ हजार २२१ कित्ता सेयर कारोबार भएको बजार तथ्यांकमा देखिन्छ।

उपसमूहतर्फ होटल तथा पर्यटन समूह ०.५० प्रतिशत, बैंकिङ ०.३२ प्रतिशत, जीवन बीमा ०.०९ प्रतिशत, हाइड्रोपावर ०.०५ प्रतिशत, लगानी ०.०७ प्रतिशत र अन्य समूह ०.०३ प्रतिशतले बढेका छन्।

त्यस्तै, डेभलपमेन्ट बैंक ०.१० प्रतिशत, फाइनान्स ०.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०८ प्रतिशत, माइक्रोफाइनान्स ०.३६ प्रतिशत, म्युचुअल फन्ड ०.४० प्रतिशत, निर्जीवन बीमा ०.४० प्रतिशत तथा ट्रेडिङ समूह ०.७७ प्रतिशतले घटेका छन्।
बजारमा सुधार आउँदा अपर लोहरेखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर