बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ८.८१ अंक बढेर २६५१.२१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३ अर्ब ५३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ४५ हजार ८२२ पटकको कारोबारमा ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँबराबरको १ करोड २ लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य १३ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमल्य करिब १२ प्रतिशत बढेको छ। कारोबारमा आएको इमर्जिङ्ग नेपालको शेयरमूल्य ५.११ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ९८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक भने स्थिर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर