केही दिन नुन खान पाइएन भने मान्छे झोक्राउन थाल्छ। शरीरमा आलस्यता बढ्दै जान्छ। खाना मिठो लाग्नै छाड्छ। तपाईँलाई तरकारीमा कम नुन मन पर्छ कि धेरै?
धेरै नुन खाँदा वर्षेनी १९ लाख मान्छेको मृत्यु
विश्वभर वर्षभरिमा १८ लाख ९० हजार मान्छेको मृत्युको कारण धेरै नुन सेवन हो। चाहिनेभन्दा बढी सोडियमका कारण करोडौं मान्छेहरु गम्भीर रोगको सिकार भइरहेका छन्। नुन खाएर के हुन्छ र भन्ने धेरैलाई लागिरहेको हुन सक्छ। तर यो उनीहरुको सबैभन्दा ठूलो भ्रम हो। शरीरमा आवश्यकताभन्दा धेरै सोडियम हानिकारक हुन्छ। धेरै नुन खानु कसैको लागि पनि फाइदाजनक छैन।
नुन धेरै खाँदा तपाईँलाई उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक क्यान्सर, मोटोपना, किड्नीसम्बन्धी रोग, अस्टियोपोरोसिस जस्ता कयौँ गम्भीर रोग लाग्न सक्छ, यी रोगको खतरा बढ्न सक्छ।