धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको तीनवर्षे रणनीतिक योजना तथा कार्यशाला तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति अभ्यास केन्द्रको सहकार्यमा साउन २६ देखि २८ गतेसम्म सञ्चालन भएको कार्यशाला सम्पन्न भएको महासंघका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए।

साउन २६ गतेदेखि सुरु भएको कार्यक्रमको उद्घाटन शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले गरेका थिए भने समापन कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद मेहेताले गरेका थिए।

महासंघको आगामी तीन वर्षको रणनीतिक योजना निर्माणका लागि सञ्चालन गरिएको कार्यशालामा प्रशिक्षक सोम घिमिरे, गुणराज मुक्तान, गोविन्द कोइराला, पूर्णप्रसाद दवाडी, अभिषेक घिमिरे र युवराज बास्कोटालगायतको सहभागिता रहेको थियो। तीन दिनसम्म चलेको गोष्ठीमा सामुदायिक विद्यालयको सुधार, व्यवस्थापन तथा महासंघको आगामी कार्यदिशाबारे छलफल गर्दै तीनवर्षे रणनीतिक योजना तयार गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर