देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र छिरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने तीन जना पक्राउ परेका छन्।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको आँगनमै पुगेर सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन्।
उनीहरूले मान्छे मार्न पाइँदैन, नो एमसीसी लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए। सामान्य पोशाकमा सिंहदरबार छिरेका युवा प्रधानमन्त्री कार्यालयको ढोकैअगाडि पुगेर अर्धनग्न बनेका थिए।
प्रदर्शन भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कार्यालयमै थिए।