पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्नसिपका प्रशिक्षार्थी चिकित्सकहरूले उठाएका मागका सम्बन्धमा कलेज व्यवस्थापन समिति र आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरूबिच आइतबार सहमति जुटेको छ।
इन्टर्न डाक्टरहरूलाई यसअघि उपलब्ध गराइँदै आएको मासिक निर्वाह भत्तालाई निरन्तरता दिने सहमति भएको छ । अन्य थप विषयहरूमा स्वास्थ्य मन्त्रालय तथा नियमनकारी निकायको निर्देशन अनुसार अघि बढ्ने सहमति भएको छ ।










