बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदै छन् । आज (सोमबार) दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।
सरकारमा सहभागी नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभागी एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा छन् । सरकार टिकाउन उनलाई अन्य साना दलहरूको समर्थन आवश्यक छ ।
बागमती प्रदेश सभामा काँग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट र एमालेको २५ सिट (उपसभामुखसहित) छ । अन्य राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।










