बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ ।

यसकाे लागि प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको छ ।

प्रदेशहरुमा सरकार निर्माण सम्बन्धि विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहने अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी निर्देशन सम्बन्धित संसदीय दलको नेतालाई प्रेषित गरिएको छ ।

राप्रपाका बाग्मतीमा १२ जना र लुम्बिनीमा ४ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर