साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२५ अंकले घटेर २६४१.५८ को विन्दुमा पुगेको छ।
आज ३५० कम्पनीका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका आठ उपसूचकहरू राताम्मै भएका छन्।
सेयर बजारमा गिरावट आउँदा पनि माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।










