प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ता आज दिउँसो साढे २ बजे सिंहदरबारमा हुने छ ।
भारतीय स्थल सेना प्रमुख सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
साथै प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता समेत गरेका थिए ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन् ।
आज प्रधानमन्त्री शाहलाई भेटेर उनी भोलि बुधबार स्वदेश फर्किने छन् ।










