सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
त्यसको तयारीलगायतका विषयमा छलफल गर्न नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिने तयारी गरेपछि त्यसका लागि आवश्यक रणनीति र सांसदहरूसँगको समन्वयलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको नेपाली कम्युनिष्ट पार्टीका सांसद ओमविक्रम भाटले जानकारी दिए।‘
भोलि मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने भन्ने छ। त्यसैको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ सांसद भाटले भने। मुख्यमन्त्री भट्टले विश्वासको मत लिने भएपछि प्रदेशसभामा सरकारको पक्षमा आवश्यक मत जुटाउने विषयमा पनि छलफल हुने बताइएको छ।संसदीय दलको बैठकले विश्वासको मतका लागि पार्टीका सांसदहरूको भूमिकासहित समसामयिक राजनीतिक विषयमा समेत छलफल गर्नेछ।










