प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानसेनापति धिरज सेठबीच भेटवार्ता सुरु भएको छ ।

उनीहरूबीच केहीबेर अघिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता सुरु भएको हो । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा सेनाअध्यक्ष सेठको टोली गत ३१ साउनमा काठमाडौं आएको थियो ।

उनी सोमबार दिनभर व्यस्त रहे । बिहान सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा पुष्पगुच्छा चढाए । टुँडिखेलको कार्यक्रम सकिएपछि सैनिक मुख्यालय जंगी अड्डामा भारतीय सेनाध्यक्ष सेठलाई सम्मान तथा गारद ग्रहण गरेका थिए ।

त्यसपछि भारतीय सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर