राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्ने निर्णय गरेको छ ।
सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सांसदहरूको बैठकले रास्वपा संसदीय दलको विधान २०२८३ लाई संशोधन गर्ने निर्णय भएको नेता गणेश पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार विधान संशोधनका लागि प्रमुख सचेतकको नेतृत्वमा सात दिनभित्र प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन भएको छ ।
‘आगामी दिनमा सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दाखेरि कम्तीमा संसदको मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउनका लागि आवश्यक संशोधन गर्ने गरी यो विधान संशोधन कार्यदल बनेको छ,’ बैठकपछि नेता पराजुलीले भने ।










