साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ को विन्दुमा पुगेको छ।
आज ३४६ कम्पनीका ९५ लाख ४ हजार १२० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ५८ लाख ४९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका आठ उपसूचकहरू राताम्मै भएका छन्।
सेयर बजारमा गिरावट आउँदा पनि माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।










