काठमाडौं महानगरपालिका-३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार राति करिब ८ बजेतिर साढे दुई तले घर भासिएको हो ।

उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो ।

घर भासिने समयमा मानिस नरहेकोले कुनै पनि मानवीय क्षति नभएको महानगरले जनाएको छ ।

वर्षाका कारण उक्त घर भासिएको महानगरले जनाएको छ ।

प्रहरी वृत्त महारागञ्जका अनुसार उक्त घर क्षेत्र वरपर अन्य घर पनि जोखिमा रहेकाले सचेत अपनाउ आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर