महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन् ।

मन्त्री बादीले आज समाज कल्याण परिषद्को टोलीका साथमा भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी हुन् ।

मन्त्री बादीले भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको स्थलगत निरीक्षण गरेकी हुन् ।

अनुगमनका क्रममा उनले खसी बजार, तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल तथा प्रदर्शनी र व्यापारिक क्षेत्र, खुला तथा हरित क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय, पैदल आवागमन क्षेत्र तथा परिसरमा सञ्चालन भइरहेका अन्य गतिविधिबारे प्रत्यक्ष जानकारी लिएकी छन् ।

मन्त्री बादीले परिसरमा रहेका विभिन्न संरचना तथा क्षेत्रको उपयोग, व्यवस्थापनको अवस्था, व्यापार तथा सेवा सञ्चालनको प्रकृति, आम्दानी र त्यसबाट राज्य तथा नागरिकले प्राप्त गरिरहेको लाभका विषयमा सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिएकी हुन् ।

काठमाडौंको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा भृकुटीमण्डपलाई वर्तमान स्वरूपमै सीमित नराखी उपलब्ध क्षेत्र र संरचनाको अधिकतम सदुपयोग हुने गरी व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन मन्त्री बादीले सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर