साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ को विन्दुमा पुगेको छ।

आज ३४४ कम्पनीका १ करोड २१ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ७१ लाख ७४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका १२ उपसूचकहरू राताम्मै भएका छन्।

सेयर बजारमा गिरावट आउँदा पनि सर्वोत्तम पेन्ट्स र पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर