हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा पानी परिरहेको छ। तनहुँको खैरेनीटारमा पछिल्लो एक घन्टामा २२.२ मिलिमिटर, लमजुङको भोर्लेटारमा २२ मिलिमिटर, नुवाकोटको बेत्रावतीमा २०.८ मिलिमिटर, म्याग्दीको तातोपानीमा १०.६ मिलिमिटर वर्षा मापन भएको।

अन्य स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। शनिबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपात हुने अनुमान छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेशका साथै  कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ। शनिबार राति पनि देशभर साधारणतया बादल लाग्नेछ। राति कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर