विभागीय टोली एपीएफले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा एपीएफले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।

एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७, २५–२३ को सेटमा हरायो ।

मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको विजेता एपीएफले २ लाख र उपविजेता न्यू डनयमण्डले १ लाख प्राप्त गर्‍यो ।

च्याम्पियन एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन् । उनले १५ हजार प्राप्त गरिन् ।

व्यक्तिगत उत्कृष्टमा न्यू डनायमण्डक र एपीएफमै वर्चस्व रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर