एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले मलेसियालाई १०३ रनमै अलआउट गरेको छ।
मलेसियाको घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ३२ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १०४ रनको लक्ष्य दियो।
नेपालका लागि करण केसीले ४ विकेट लिए। ललित राजवंशीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह एरी र हेमन्त धामीले समान १-१ विकेट लिए। मलेसियाका लागि कप्तानसाइद अजिजले बनाएको ३० रन नै सर्वाधिक रह्यो।
अकिल वाहिदले २४, विरानदीप सिंह १४ र महम्मद सिहायद १३ रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। अबको केहीबेरमा नेपाल ब्याटिङमा आउनेछ।










