साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार सुनको भाउ बढेको छ ।   सुन प्रतितोला ५०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी १ सुन २० हजार ४०० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार सुनको भाउ प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला ५ रुपैंयाले बढेर १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ४५५ रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर