आज भदौ २४ गते बुधबार सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४३ अंकले घटेर २५४५.४० को विन्दुमा पुगेको छ।
आज ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका सबै उपसूचकहरू राताम्मै भएका छन्।
सेयर बजारमा गिरावट आउँदा इमर्जिङ नेपाल, सिन्धु विकास बैंक, जानकी फाइनान्सको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, कालिञ्चोक दर्शनको १४.२८ प्रतिशत, उपकार लघुवित्तको १२.०४ प्रतिशतले सेयर मूल्य घटेको छ ।










