नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खुला प्रतिस्पर्धबाट नियुक्ति गर्न माग गरेकै छ ।
शिक्षामा दलीयकरण अन्त गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने भन्दै नेविसंघ आज सडकमा बसहसमेत गरेको छ ।
प्रदर्शनी मार्गमा नेविसंघ आवद्ध विद्यार्थीले सडक बहस गरेका हुन् ।
दलीय भागबन्डा अन्त्य गर्नुपर्ने, राष्ट्र निर्माणको जग विश्वविद्यालयबाट हालौं, अति भए खती हुन्छ, खती हुन नदिउँ भन्दै सडकमा पम्पलेट प्रदर्शन गरेका छन् ।