दशैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘१२ गाउँ २’ । समिर भट्टको मुख्य भुमिका रहेको फिल्मको पहिलो गीत ‘जुनेली’ सार्वजनिक गरिएको छ ।

पप डान्सिङ शैलीमा गीत तयार गीतमा सुगम पोखरेलको स्वर, युग भुसालको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार समीर भट्ट र कृशु शाही (काफिया) देखिएका छन् ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोलाई महेश पौडेलले छायांकन गरेका हुन् ।अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्ममा विराज स्वयं मुख्य भूमिकामा छन् ।

उनीसहित समीर, कृशुको अलवा अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी, अर्जुन आचार्यलगायतका कलाकारहरूको पनि अभिनय छ ।

विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मकी निर्माता सरस्वती भट्ट हुन् । फिल्ममा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशनछ ।

प्रतिक्रिया

सम्बन्धित खवर