
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् ।चिकित्सकहरुका अनुसार झ्याल-ढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो ।
त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔंः
– हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौं
– सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं
– गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ
– गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ