सो स्वास्थ्य प्रवर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेकामा यसवर्ष सहायता बन्द भएको थियो । सेवा सञ्चालन गरिराख्न कार्यपालिका बैठकले जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर, निर्णय लेखिँदा संख्या थप भएपछि मेयर शाहले नै यसबारे छानबिन थालेका हुन् ।
‘एक कर्मचारीको छोरीलाई जागिर दिलाउन मिलेमतोमा संख्या थपिएको पाइएको छ’, स्रोतले भन्यो, ‘कार्यपालिकाको निर्णय नै तोडमोड गर्ने अधिकार कसैलाई हुँदैन ।’
१९ नम्बर वडाका वडाध्यक्ष राजेशकुमार श्रेष्ठले ५ जना मात्रै कर्मचारीलाई निरन्तरता दिन प्रस्ताव गरिएको र कार्यपालिकाले पनि त्यही निर्णय गरेको बताए । ‘तर, केही गडबडी भयो भन्ने सुनेको छु, के भयो भन्ने थाहा छैन’, उनले भने ।
महानगरका प्रवक्ता नवीन मानन्धरले स्वास्थ्य प्रवद्र्धन शाखासम्बन्धी विषय छानबिनकै क्रममा रहेकाले यसबारे बोल्न नमिल्ने बताए । ‘मेयरसा‘बले नै छानबिन अघि बढाउनुभएको छ’, उनले भने, ‘छानबिन नसकी यसबारे केही भन्न मिल्दैन ।’