नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व राष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी भएकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।

वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो ।

वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन् । लगत्तै बसेको केन्द्रीय कमिटी बैठकबाट मनोनीतको निर्णय अनुमोदन भएपछि भण्डारी वरिष्ठ नेताको हैसियतमा भोलिको स्थायी कमिटी बैठकमा भाग लिने भएकी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर