न्याय परिषदले उच्च अदालतका ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषदको बुधवार बसेको बैठकले जिल्ला न्यायाधीश र न्याय तथा कानून सेवाका अधिकृतहरुबाट ३० जना र ९ जना कानून व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।
त्यस्तै १६ जना उच्च अदालतका न्यायाधीशको सरुवासमेत बैठकले गरेको छ ।










