नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आइतबार एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ तोकिएको छ। यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च दरको गिरावटले नेपाली बजारमा पनि सोझो प्रभाव पारेको महासंघले जनाएको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर