दाङमा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–३ बाघढड्डीस्थित सडकमा लु. १ ख ९२४८ नम्बरको ट्रक र प्र.३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना भएको थियो ।

सो दुर्घटनाका क्रममा मोटरसाइकल चालक सोही गाउँपालिका–६ भगवानपुर बस्ने ३० वर्षीय प्रबिन चौधरीको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुबाङ अस्पताल भालुबाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको लुम्बिनी सिटि अस्पताल बुटवल रूपन्देहीमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर