कर्णालीका लागि अरिफुल इस्लामसँग बंगलादेशमा अर्का खेलाडी जिशान आलमले ओपनिङ गरेका थिए । आइतबार मात्रै नेपाल आइपुगेका जिशानले पहिलो खेल खेलेका हुन् । टिमको स्कोर २औ रन हुँदा उनी व्यक्तिगत ७ रनमा आउट भए ।
दोस्रो विकेटका लागि अरिफुल इस्लाम र मार्क वाटले ४६ रनको साझेदारी गरेका थिए ।
१२ रन अन्तरमा अरिफुल, दिपक डुम्रे र मार्क वाट आउट हुँदा कर्णाली ७८–४ को अवस्थामा पुगेको थियो । तर पवन सर्राफ र हुसेन तलतले पाँचौ विकेटका अर्धशतकिय साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाले । १७औं ओभरको अन्तिम बलमा तलत हिट विकेट हुनुअघि सर्राफसँग ६५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
त्यसपछि पवन र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गरे । बलिङमा काठमान्डुका लागि कप्तान करण केसीले २ तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १–१ विकेट लिए ।










