बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । तोलामा २० रुपैयाँ घटेसँगै आज ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन ३ हजार ६७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।










