काठमाडौँमा हुने ११औ राष्ट्रिय जनरल चोई होङ्ग हि आई. टि. एफ्. तेक्वान्दो च्याम्पियन प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट १५ जना खेलाडी छनौट भएका छन् । माघ २० र २१ गते काठमाडौँमा हुने प्रतियोगितामा सात वटै प्रदेश बाट छनौट भएका खेलाडीहरूबिच च्याम्पियनका लागि प्रतिस्पर्धा हुनेछ।
जसमा लुम्बिनी प्रदेश बाट ७ महिला र ८ जना पुरुष खेलाडी छनौट भएका हुन । महिला तर्फ ४५ देखि ७१ माथि र पुरुष तर्फ ५० देखि ८१ केजी माथिका तौल समूहबिच एकल स्पायरिङमा प्रतिस्पर्धा भएको थियो । नवलपरासी बाट ३ जन महिला २ जना पुरुष,पाल्पाबाट ४ महिला ४ पुरुष,रोल्पाबाट १ जन महिला र रुपन्देहीबाट १ जना गरि १५ खेलाडी छनौट भएका हुन ।
लुम्बिनी प्रदेशको छनौट प्रतियोगिता बुधबार बर्दघाट नगरपालिकाको कभर्डहलमा सम्पन्न भएको थियो । नगरप्रमुख शम्भुलाल श्रेष्ठ र आईटीएफ तेक्वान्दो लुम्बिनी प्रदेशका अध्यक्ष रितमान कामु मगरले प्रदेशबाट छनौट भएका सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको सफलताका लागि शुभकामना ब्यक्त गरेका थिए ।