खाना नपचेकै कारण पेटसम्बन्धी रोगहरुको सिकार बन्नुपरिरहेको हुन्छ। खाना नपच्नुको असर पेटमा मात्रै सीमित रहँदैन, समग्र शरीरमै यसले नकारात्मक असर पारिरहेको हुन्छ।

शहरी जीवनशैली जति व्यस्त हुन्छ, त्यति नै अस्तव्यस्त पनि। त्यसो त अहिले श्रमसँग टाढिँदै गएर ग्रामिण जनजीवन पनि बढी सुखभोगी बन्दै गइरहेको छ। शारीरिक श्रमको कमी, खानपान र आहार नमिल्दा हामीले खाना पचाउन मुस्किल परिरहेको हुन्छ।

खाना पचाउनका लागि भनेर अहिले विभिन्न आयुर्वेदिक र एलोपेथिक औषधिको प्रयोग गर्ने क्रम बढ्दै गएको छ। तर हामीले घरमै, अथवा भान्सामै पाइने कुराको प्रयोगबाट खाना नपच्ने समस्याबाट मुक्ति पाउन सक्छौं। खाना पचाउनका लागि घरमै यस्ता प्रयास गर्न सकिन्छ।

  • अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।
  • पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
  • मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ।
  • खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ।
  • पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।
  • पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ।
  • बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि  हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।
  • आयुर्वेद चिकित्सकको सल्लाहमा घ्यूकुमारीको जुस खाने गर्नुहोस्।
  • अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर