साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ८.७१ अंकले घटेर २०४९ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ४५ लाख १५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १९ करोड ४८ लाख २६ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

माउन्टेन इनर्जीको १८ करोड ६४ लाख ८५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड २९ लाख ४८ हजार रुपैयाँ र यूनाइटेड इदी मार्दीको १५ करोड ६९ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर