लगातार तीन कारोबार दिन स्थिर रहेको सुन र चाँदीको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्दा चाँदीको मूल्य ५ रूपैयाँले घटेको छ ।
मूल्य घटेसँगै सोमबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार २ सय ५० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।
यसअघि गत १९, २० र २२ पुसमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।