नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा निर्विरोध निर्वाचित भएका छन्। संघको २४औं वार्षिक साधारणसभाले संघको ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो। जसमा कोषाध्यक्षबाहेक अन्य सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन्। यस्तै, सात जना कार्यसमिति सदस्य पनि निर्विरोध चुनिएका छन्।
संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्धितिय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ तथा सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन्। यस्तै, सदस्यहरुमा अरुणकाजी स्थापित, रोशन रेग्मी, सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल सदस्य चुनिएका छन्।
निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र सबै क्षेत्र समेटिएको कार्यसमितिको पदावधि तीन वर्षको हुने संघले जनाएको छ।










