धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिन सोमबार हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत बढेर ३४०.१० रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको पहिलो कारोबार भने यो दिन ३०९.२ रुपैयाँमा भएको थियो ।
आज सो कम्पनीसहित अन्य पाँच ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।सर्किट लागेका कम्पनीहरुमा हिमालयन रि(इन्स्योरेन्ससहित सिंगटी हाइड्रोपावर,नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र तेह्रथुम पावर कम्पनी रहेका छन् ।