साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । उक्त दिन बजार ३६.५७ अंकले बढेर २०५९ को विन्दुमा कायम हुन पुगेको छ ।

सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २१ करोड ८४ लाख ८२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जीको १९ करोड ३६ लाख ९८ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख ३० हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड ४६ लाख ९ हजार रुपैयाँ र नेपाल इन्फ्रास्टक्चर बैंकको ११ करोड ७१ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर