मोटसाइकल दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ। अछामको पञ्चदेव विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र मैसरा ढकालको मृत्यु भएको हो।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल कैलालीको कुइने सडक खण्डमा पर्ने पितमारीमा दुर्घटनामा परेको हो। अछामबाट बर्दिया हिँडेका ढकाल दम्पतीको मोटरसाइकल मोहन्याल गाउँपालिका वडा नम्बर ७ को पितमारी नजिकको हावा लाग्ने डाँडाबाट २ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

उनीहरुको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर