“र्याप व्याटल नेपाल” नामक टेलिभिजन रियालिटि शो प्रसारणमा आउने भएको छ । आयोजक युजिसा इन्टरनेशल तथा सह आयोजक राज्य मिडिया नेटवर्कले बुधबार राजधानीको ताहाचल स्थित होटल सोल्टी क्राउन प्लाजामा पत्रकार सम्मेलन आयोजना गरि शो सम्बन्धमा जानकारी गराएका हुन । सो अवसरमा “र्याप व्याटल नेपाल” एपि वान टेलिभिजनबाट प्रसारणमा आउन लागेको आयोजक कम्पनी युजिसा इन्टरनेशलका एक्जिक्युटिभ डाईरेक्टर सानु खानले बताए । उनले कार्यक्रम बारे थप जानकारी दिदै भने ‘एपिवान टेलिभिजनबाट आगामी अप्रिलदेखी र्याप व्याटल नेपाल प्रसारण हुने, हाल अडिसनको तयारीमा जुटेका उनले ,फेव्रवरीबाट अडिसन शुरु गर्ने जनाए । शो का ईभेण्ट निर्देशक समेत रहेका खानले नेपाली सांगितिक फाँटसहित बलिबुड फिल्म नगरीबाट समेत अतिथि जर्ज निर्णयकका रुपमा रहने बताए ।

“र्याप व्याटल नेपाल” को अडिसन नेपालका प्रमुख शहर काठमाडौं, पोखरा, झापा, ईटहरी, चितवनसहित सिमापारि दार्जिलिङ, सिलिगुढि र सिक्किममा पनि गर्ने कार्यक्रम रहेको ईभेण्ट डाईरेक्टर डेभिल सिंह राजपुतले बताए । यस शो को अडिसन दार्जिलिङ्गमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फाल्गुण ०२, ईटहरीमा फाल्गुण ०५, चितवन फाल्गुण ०९, पोखरा फाल्गुण १२ र काठमाण्डौंमा १८ एवं १९ गते गर्ने तय गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर