अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो ।

अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।

बम्जन विरुद्ध जिल्ला अदालत सर्लाहीमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर