लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा अब सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने भएका छन् ।

लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखसँग बसेको बैठकमा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन ।  मन्त्री थापाले सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रको ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन मन्त्रालयका सचिवसहित कर्मचारीलाई निर्देशन दिएका हुन ।

उनले सेवाग्राहीलाई ट्रायल दिने क्रममा स्वेच्छाले सवारी छान्न दिने मौखिक निर्देशन दिएका हुन । सर्वसाधारणलाई अनावश्यक आर्थिक भार पर्ने र काम ढिलो हुने भएकाले सेवाग्राहीको सहजताका लागि यस्तो निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर