
शांकाहारी खानेकुराले शरीरलाई बलियो बनाउनुका साथै मानसिक स्वास्थ्यलाई समेत हित गर्ने विभिन्न अध्ययनहरुको निश्कर्ष रहेको छ। विकासोन्मुख मुलुकहरुमा हाल मुख्यतया मुटुको तथा मानसिक स्वास्थ्यको समस्या रहेको अवस्था छ।
शाकाहारी खानेकुरामा बढी मात्रामा पाइने फाइबरले कोलेस्ट्रोरेलको शोषणको मात्रामा घटाउने गर्छ। जसले आन्द्रा सम्बन्धि धेरै रोगहरुलाई फाइदा हुने गर्छ।
त्यसैगरी भिटामिन सी, भिटामिन ई लगातयका तत्वहरुले क्यान्सर मुटु रोग तथा अन्य प्रकारका दीर्घ रोगहरुबाट बचाउन सहयोगी भूमिका खेल्ने गर्छ। मांशाहारी खानेकुराको तुलनामा शाकाहारी खानेकुरामा स्याच्यूरेटड फ्याक्ट कम हुने भएकोले यसले रगतमा खराब प्रकारको कोलेस्ट्रोरेलको मात्रा कमी हुने गर्छ। फलफूल तथा सागसब्जीको बढी प्रयोगले शरीरमा खराब कोलेस्ट्रोरेलको मात्रा बढ्न पाउँदैंन। माशांहारी खानामा शाकाहारी खानामा भन्दा सोडियमको मात्रा बढी हुने गर्छ।
शाकाहारी खाना खाने व्यक्तिमा आँखासम्बन्धी समस्या कम हुने गर्छ। तौल घटाउन उपयोगी
माशांहारी खानेकुरामा क्यालोरी बढी हुने भएकोले शाकांहारी खानाले तौल घटाउन सहयोगी भूमिका खेल्न सक्छ। श्वाप्रश्वासको समस्यामा कमी
शाकाहारी खानेकुराको सेवन गर्ने मानिसहरुमा श्वास प्रश्वासको समस्या कम मात्रामा आउने गर्छ।
शाकाहारी खानाको सेवन गर्ने मानिसहरुमा माशांहारी खाना खानेहरुमा भन्दा सास गन्ह्याउने समस्या कम हुने अध्ययनले देखाएको छ। फुड एलर्जीमा कमी
माशांहारी खाने खाने मानिसहरुलाई भन्दा शाकाहारी खानेहरुलाई फुड एलर्जी कम हुने अध्ययनले देखाएको छ।