कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर र कभर गायिका शिवानाले माघ २१ गते लगनगाँठो कस्ने भएका छन् ।
धुम्बाराही स्रोतका अनुसार उक्त मितिमा यी दुईको वैवाहिक समारोह तय भएको छ । गत जेठको पहिलो साता यी दुईबीच पारिवारिक उपस्थितीमा इन्गेजमेन्ट भएको थियो । अहिले विवाहको तयारी तीव्ररुपमा चलिरहेको जनाइएको छ । २८ वर्षिय जयवीर देउवा र आरजुका एक्ला छोरा हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।










