आज माघ ३ गते बुधबार सुनको भाउमा गिरावट आएको छ ।  सुन प्रतितोला १२०० रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ६५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ १५ रुपैयाले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर