खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्‍याउँछ। करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ।

करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ। दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ।

पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् । बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ।

कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ। डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ। यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ।

करेला खाने गर्नाले रगत सफा हुन्छ। रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ।  बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ।

उच्च रक्तचाप हुनेलाई यो फाइदाजनक हुन्छ । करेलाको जुस बनाएर खादा उच्च रक्तचाप नियन्त्रित हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर